प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार, एक जना पक्राउ

137 Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका–१३, बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई वडा नम्बर ९, महेन्द्रपुलबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय भोगिसकेको अभिलेखमा देखिएको छ।

घटना यस्तो छ कि पृथ्वीचोकमा महावीर पुनसहितको टोली “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” पुस्तक बिक्री गरिरहेको बेला विकास गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए। यो घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।