एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

156 Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ।

कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै हृदयाघात भएपछि उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।

थापा पोखरा महानगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्थ्यो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सुरुमा उहाँलाई उम्मेदवारको टिकट दिएको भए पनि पछि फिर्ता लिएको थियो।