सन् २०२८ टी–२० विश्वकप : १२ टोलीको टुंगो, अष्ट्रेलिया–न्युजिल्याण्ड आयोजक

216 Shares

काठमाडौं । सन् २०२८ मा आईसीसी टी–२० विश्वकप २०२८ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को आयोजनामा अष्ट्रेलिया र न्युजिल्याण्ड मा हुने भएको छ। प्रतियोगिता खेल्ने १२ टोलीको टुंगो लागेको छ।

भारत र श्रीलंका मा जारी टी–२० विश्वकपको सुपर–८ चरण पूरा भएसँगै दुई वर्षपछि हुने विश्वकप खेल्ने टोलीहरू निश्चित भएका हुन्। आयोजक राष्ट्रको हैसियतले अष्ट्रेलिया र न्युजिल्याण्ड स्वतः छनोट भएका छन्।

यस पटक सुपर–८ मा पुगेका पाकिस्तान, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिज ले पनि आगामी विश्वकपमा स्थान सुरक्षित गरेका छन्। सुपर–८ मा पुगेको न्युजिल्याण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछ।

सुपर–८ बाहिर रहेका टोलीमध्ये हाल टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेका तीन राष्ट्रले पनि आगामी विश्वकप खेल्ने अवसर पाउने भएका छन्। भारतसँगको विवादका कारण बंगलादेश यस पटकको विश्वकपमा सहभागी भएको थिएन।

बाँकी ८ टोली भने क्षेत्रीय छनोट प्रतियोगितामार्फत विश्वकपमा स्थान बनाउनेछन्।