काठमाडौं। नेपाल मा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले मंगलबार परीक्षाको आधिकारिक तालिका सार्वजनिक गर्दै परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने जनाएको हो।
बोर्डका अनुसार परीक्षा दैनिक बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ। परीक्षा सञ्चालनका लागि देशभरका परीक्षा केन्द्रहरूमा आवश्यक तयारी तीव्र पारिएको बोर्डले जनाएको छ। विद्यार्थी, अभिभावक तथा विद्यालयलाई परीक्षासम्बन्धी सम्पूर्ण तयारी समयमै पूरा गर्न बोर्डले आग्रह गरेको छ।
यस वर्षको कक्षा १२ परीक्षालाई व्यवस्थित, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन, अनुगमन तथा सुरक्षाको तयारीसमेत अघि बढाइएको जनाइएको छ।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आगामी चैत १९ गतेदेखि सञ्चालन हुने तय भएको छ। एसईई सकिएलगत्तै कक्षा १२ परीक्षाको तयारीलाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया