राष्ट्रिय सभा समितिको बैठक बिहीबार, छैठौं वार्षिक प्रतिवेदनमाथि छलफल हुने

219 Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ बजे आयोजना हुनेछ।

बैठकमा समितिको छैठौं वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुने कार्यसूची रहेको छ। उक्त प्रतिवेदनमा समितिले वर्षभरि गरेका गतिविधि, नीतिगत सुझाव तथा कार्यसम्पादनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।