नेपाली कांग्रेसले मोरङका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

297 Shares

काठमाडौं। नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका सबै क्षेत्रका उम्मेदवारहरूको चयन सम्पन्न गरेको हो।

पार्टीको निर्णयअनुसार मोरङ–१ बाट खड्ग फागो, मोरङ–२ बाट डा. मिनेन्द्र रिजाल, मोरङ–५ बाट फूलकुमार लावती र मोरङ–६ बाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन्।

(मोरङ–३ र मोरङ–४ का उम्मेदवारहरूको नाम हाल सार्वजनिक भएको छैन।)