नेकपा (माओवादी) का शीर्ष नेताहरू प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय

180 Shares

काठमाडाैं । नेकपा (माओवादी) ले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका शीर्ष नेताहरू प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेको छ।

सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको पुस १० गतेको निर्णयलाई औपचारिकता दिएको हो। पार्टीका अनुसार, यसअघि रोल्पाबाट चुनाव लड्ने तयारी गरेका विप्लव अन्तिम समयमा उम्मेदवार नबन्ने निर्णयमा पुगेका छन्।

स्थायी कमिटीका एक–दुई सदस्यले भने चुनाव लड्न सक्ने बताए पनि पार्टीले शीर्ष नेताहरू निर्वाचनमा नउत्रने स्पष्ट जनाएको छ।