काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमै २ विकेटको क्षतिमा पूरा गर्यो।
थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको उत्कृष्ट पारी खेलिन्। बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमै समेटिएको थियो। नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। थाइल्यान्डकी बलर थिपात्चा पुथावङवले ४ विकेट लिँदै नेपाली ब्याटिङ लाइनअप धराशायी बनाइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया