काठमाडौंका नगरप्रहरी प्रमुख पाण्डेले पदबाट दिए राजीनामा

196 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ।

उहाँले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाउनुभउकाे हाे । नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा बुझाएको प्रमुख प्रशासकीय अधिृकत गुरागाईले जानकारी गराउनुभयाे । उहाँले घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाउनुभएकाे छ ।

उहाँ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा रहनुभएकाे हाे।नगरप्रहरी प्रमुख पाण्डेले यसअघि नै महानगरप्रमुख बालेन्द्र शाहले राजीनामा दिनुअघि आफू पद छाेड्ने तयारीमा रहेको बताउनुभएकाे थियाे । प्रमुख बालेन झापा-५ बाट चुनाव लड्ने तयारी गरिरहनुभएकाे जनाइएकाे छ ।