एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

9 Shares

काठमाडाैं ।

नेकपा (एमाले) का  वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ ।

 

पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुग्नुभएको हो ।

भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएको थियो । उहाँको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उहाँको आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो ।

अन्ततः एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।