137
Shares
काठमाडौं । राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधन भएको छ । उनको पारिवारिक श्रोतले दिएको जानकारी अनुसार बोहराको बुधबार दिउँसो निधन भएको हो ।
प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका बोहराले २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भएर काम गरेका थिए ।
२०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले । त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया