102
Shares
काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन्।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको छ। तर विशेष महाधिवेशन पक्षधरले वार्ता समिति गठन भइसकेको र उक्त समितिबाट सहमति नजुटेसम्म केन्द्रीय कार्यसमिति बैठकमा नजाने अडान लिएका छन्।
महाधिवेशन पक्षधरले वार्ता समितिमा सहमति हुन नसके आफूहरूले नयाँ कार्यसमिति गठन गरी निर्वाचन आयोग जानेसम्मको चेतावनी दिएको जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया