141
Shares
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका कडा विकल्पहरूमा विचार गरिरहेको बताएका छन् ।
इरानभित्र बढ्दो अशान्ति र सरकारविरोधी प्रदर्शनका रिपोर्टहरू सार्वजनिक भइरहेका समयमा आइतबार राष्ट्रपति ट्रम्पले यस्तो अभिव्यक्ति दिनुभएको हो । एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले घटनालाई गम्भीरताका साथ हेरिरहेको र सेनाले यसबारे अध्ययन गरिरहेको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी सेनाले कडा विकल्पहरूको सम्भाव्यता मूल्याङ्कन गरिरहेको छ । इरानमा पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरता र सरकारविरोधी प्रदर्शनका खबरहरूलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गर्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया