सुनीलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित

200 Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

कोशी प्रदेशबाट उनको उम्मेदवारी परेको समूहमा अन्य कुनै उम्मेदवार नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। सो क्लस्टरमा एकल उम्मेदवारी परेकाले मतदान प्रक्रिया आवश्यक नपर्ने बताइएको छ।

यद्यपि निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित घोषणा गर्न बाँकी रहेको भए पनि एकल उम्मेदवारीका कारण थापा निर्विरोध निर्वाचित भइसकेको मानिएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ। उक्त सहमतिअनुसार कांग्रेसले ९ सिट र एमालेले ८ सिटमा उम्मेदवारी दिने निर्णय गरेका छन्।