पर्वतबाट एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि ११ जनाको नाम सिफारिस

235 Shares

काठमाडाैं । पर्वतबाट नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ११ जनाको उम्मेदवारी सिफारिस गरेको छ।

एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख पदमपाणि शर्मा, प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ।

यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडी, सुन्दर भुसाल, शारदा शर्मा, ध्रुव श्रेष्ठ र गोविन्द प्रसाद भुसालको नाम पनि सिफारिस गरिएको छ।