नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

200 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक जारी रहेको छ। बैठकमा पछिल्लो समय पार्टीभित्र महाधिवेशनको विषयमा देखिएको विवादबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।

कांग्रेसमा महामन्त्रीसहितका नेताहरूले विशेष महाधिवेशन गर्नुपर्ने तर्क राख्दै आएका छन्। तर संस्थापन पक्षले भने वैशाखको अन्तिम साता नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिसकेको छ।