रास्वपाको केन्द्रीय समिति सदस्यमा सात जना मनोनयन

200 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सदस्यमा सात जनालाई मनोनयन गरेको छ।

मनोनयन हुनेमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनाल रहेका छन्।

आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको पार्टीका प्रवक्ता झाले जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबार बसेको रास्वपाको ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापश्चात् सात जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो।