निर्वाचनमा एमालेसँग पनि सहकार्य सम्भव : नेकपा नेता राजेन्द्रप्रसाद पाण्डे

214 Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले आगामी निर्वाचनमा नेकपा एमालेसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने संकेत गर्नुभएको छ।

सोमबार समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका नेता पाण्डेले एमालेसँग प्रारम्भिक संवाद सुरु भइसकेको संकेत गर्दै सहकार्यका प्रयास रोकिने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार देश, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न आवश्यक परे निर्वाचनमा सहकार्य गर्न सकिने स्पष्ट धारणा पार्टीको रहेको छ।

नेता पाण्डेले पार्टीको निर्णयअनुसार विगतमा सांसद तथा मन्त्री भइसकेका व्यक्तिहरूलाई समानुपातिक सूचीमा नराखी बन्दसूची निर्वाचन आयोगमा बुझाइएको जानकारी पनि दिनुभयो।