एन्फा यू-१६ युथ फुटबल लिगमा प्लानिङ ब्वाइजको चौथो जित

181 Shares

काठमाडौँ। एन्फा यू–१६ युथ लिगअन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले शानदार जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले श्री भगवती क्लबलाई ४–१ गोलले पराजित गर्‍यो। प्लानिङको जितमा ओम खड्काले दुई गोल गरे भने प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले समान एक–एक गोल थपे।

खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अनिल गुरुङले गरेको गोल श्री भगवतीका लागि सान्त्वनामा सीमित रह्यो।

यो जितसँगै प्लानिङ ब्वाइज युनाइटेडले लिगमा आफ्नो चौथो जित दर्ता गरेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङले २५ खेलबाट १४ अंक जोडेको छ। समान खेलबाट ३० अंकसहित श्री भगवती क्लब आठौँ स्थानमा रहेको छ।