श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

221 Shares

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत थपिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले स्वयं सम्हाल्दै आएकी थिइन्।