राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

240 Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ।ras.webp