मतभेद अन्त्य हुँदैछः महाधिवेशनपछि एमाले एक भएर अघि बढ्ने पोखरेलको दाबी

191 Shares

 काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझ सुदृढ रूपमा एकढिक्का भएर अघि बढ्ने दाबी गर्नुभएको छ।

बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखिए पनि महाधिवेशनपछि पार्टीभित्र एकता थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीभित्र नेतृत्वका लागि हुने आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको सुन्दर अभ्यास भएको उल्लेख गर्नुभयो।

राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको बताउँदै उहाँले नेतृत्वमा जो आए पनि देशलाई सही दिशातर्फ अघि बढाउन पार्टी सफल हुने दाबी गर्नुभयो।