339
Shares
आज सुनको भाउ सामान्य बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया