सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि १५५ रुपैयाँ सस्तियो

43 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सोही दिन चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ कायम थियो।

गत कात्तिक २३ गतेको मूल्यसँग तुलना गर्दा सुन प्रतितोला १२ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको देखिन्छ।

सुनचाँदीको मूल्यमा आएको यो गिरावटले स्थानीय बजारको कारोबारमा समेत प्रभाव पार्ने देखिएको छ।