काठमाण्डौमा भोलि र्‍याली, सभा र प्रदर्शन गर्न नपाइने

342 Shares

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शनिबारका सबै  र्‍याली, सभा र प्रदर्शनलाई स्वीकृति नदिने निर्णय गरेको छ ।

र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षा प्रत्याभूति गराउने कार्यमा थप जटिलता थपिने भएकाले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यस्तै प्रशासन कार्यालयले पूर्वस्वीकृतिविना कुनै कार्यक्रमहरू नगर्न पनि आग्रह गरेको छ । नेकपा एमाले निकट युवा सङ्घले शनिबार काठमाण्डौमा मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो ।
release_LgFAKbzajB.jpg