माओवादीको सचिवालय बैठक बस्दै, विपद्पछिको अवस्थाबारे छलफल हुने

365 Shares

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्ने बैठकमा हालैको विपद्पछिको अवस्थाबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यसका साथै आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल गर्न लागिएको छ ।

यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।