भावी अर्थमन्त्री रामेश्वर खनाललाई स्वर्णिम वाग्लेको समर्थन

262 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्री बन्ने दौडमा नरहेको प्रष्ट पारेका छन् उनले भावि अर्थमन्त्रीमा डा. रामेश्वर खनाललाई समर्थन गर्ने बताएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले विज्ञ अर्थमन्त्रीको खोजी गरिरहेका बेला वाग्लेले आफ्नो धारणा राखेका हुन् ।  

उनी स्वयम् पनि एक अर्थशास्त्री भएकाले कतिपयले सम्भावित अर्थमन्त्रीका रुपमा हेरेका थिए । 

तर, वाग्लेको स्टाटसले उनी र रास्वपाका कोही पनि सिनियर नेता मन्त्री नबन्ने प्रष्ट भएको छ ।