कस्तो छ आज तापाईको राशिफल

291 Shares

२०८२ साल भाद्र १६गते सोमबार तदनुसार ज्ञसेप्टेम्बर २०२५नवमि तिथि ४४घडी ३२पला उप्रान्त दशमि तिथि प्रारम्भ हुनेछ ज्येष्ठा नक्षत्र ३१ घडि २० पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ बिष्कुम्भ योग बायब करण आज बिहान सूर्योदय ५:४३मा भयो भने सूर्यास्त साँझ ६:२३मा हुनेछ।

आज सोमवार चन्द्रमा बृश्चिक राशिमा, २०८२/५/१६

मेष
लेखन शैलीमा वृद्धि भएर जानेछ बोलीमा माधुर्यता छाउनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। स्वास्थ्यमा सुधार उनका साथै प्रेम गर्ने अवसर जुट्नेछ।

बृष
बोलिको प्रभाव बढेर जानेछ साथीभाइको साथ सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानुका साथै परिवारमा नयाँ कार्यको थालनी हुने देखिन्छ।

मिथुन
झैझगडाको सामना गर्नुपर्नेछ। मानसम्मानमा। मानसम्मानमा आघात पुग्ने देखिन्छ धनमाल हराउन सक्ने सम्भावना बढेर गएकोले सजगता अपनाउनुपर्ने योग छ। लेखन शैलीमा कमी आउनेछ।

कर्कट
स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ अनावश्यक विवाद बढेर जानेछ। पतिपत्नीबीच कलह बन्नुका साथसाथै खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।

सिह
आएमा वृद्धि हुनुका साथै पठनपाठनमा सफलता पाइने योग छ। साथीभाइबाट सरसहयोग मिल्नाले न्यायिक क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ भोजभतेरमा सामेल हुने अवसर जुट्नेछ।

कन्या
सामाजिक कार्यमा समय व्यतित भएर जानेछ कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। लेखन शैलीमा वृद्धि भएर जानेछ। कृषि तथा चौपायाबाट मनज्ञ आम्दानी गर्न सकिनेछ।

तुला
आफन्तमा बहिरभाव आउने योग छ चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ कुरा काट्नेहरु सक्रिय रहनेछन्। आफन्तमा धोका पाइने योग छ।

बृश्चिक
अध्ययन अध्यापनमा सफलता पाइने योग छ स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। पारिवारिक हुनुका साथसाथै नयाँ साथीको आगमन हुने देखिन्छ

धनु
पारिवारिक कलह बढेर जानेछ सवारी साधनबाट जोगिनुपर्ने योग छ। अनावश्यकयक रुपमा खर्चको मात्रा बढेर जानुका साथसाथै वैदेशिक कार्यबाट समेत घाटा बेहोर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

मकर
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ दाजुभाइमा माधुर्यता छाउनेछ।

कुम्भ
वैदेशिक भ्रमणको योग रहेको छ। सामाजिक काममा बाधा हुनेछ। विश्वास गरेका साथीभाइबाट प्राप्त ढोकाले मानसिक तनाव बढेर जानुका साथसाथै पैत्रिक सम्पत्तिमा समेत विवाद आउनेछ।

मिन
मानसम्मान प्राप्त हुने योग छ मिष्ठान्न भोजनको अवसर जुट्नेछ। कार्यमा भएको सफलताले गर्दा ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। धार्मिक क्षेत्रमा अगाडि बढिने देखिन्छ।