ट्याक्सी चालकको अन्त्येष्टिमा हजारौं मानिस उपस्थित

275 Shares

एजेन्सी । इन्डोनेसियाको राजधानीमा बिहीबार राति भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीको गाडीले किचेर मृत्यु भएका मोटरसाइकल ट्याक्सी चालक अफान कुर्नियावानको अन्त्येष्टि कार्यक्रममा हजारौं मानिसहरू सहभागी भएका छन् । 

एप–आधारित मोटरसाइकल ट्याक्सी चालकहरूले अफानलाई उनको अन्तिम संस्कारस्थलमा साथ दिएका भने उनको मृत्युको न्यायको माग गर्न प्रहरी मुख्यालय बाहिर हजारौं मान्छे भेला भएका थिए । 

उनको अन्त्येष्टिमा प्रहरी प्रमुख र राजनीतिज्ञहरू पनि उपस्थित भएका थिए । 

सांसद रिके दया पिटालोका र जकार्ताका पूर्व गभर्नर एनिस बसवेदानले आशा व्यक्त गरे कि मुद्दाको राम्ररी अनुसन्धान हुनेछ तर मोटरसाइकल ट्याक्सी चालकहरूलाई घर फर्कन र स्थिरता कायम राख्न निरन्तर विरोध प्रदर्शनबाट टाढा रहन आह्वान गरिएको छ । 

यस्तै प्रहरी प्रमुखले पनि माफी मागेका छन् । अफानका हजुरबुबाले घटनास्थल, अस्पतालदेखि अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।