सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि मात्र बनाइएः सूर्य थापा

350 Shares

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताउनुभएको छ।

अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्तसम्बन्धी विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताउनुभएको हो । उहाँले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताउनु भयो । सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो– ‘सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोषको पूँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’

सांसद थापाले स्रोतको खोजी गर्दा बढीमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताउनु भयो ।