एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

340 Shares

काठमाडौं । गत शनिबार एकै दिनमा छिमेकी इरान र पाकिस्तानबाट १ हजार ५ सयभन्दा बढी अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । 

शनिबार कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका छन् । यी मध्ये ८१ परिवार पाकिस्तानबाट र बाँकी १ हजार ४ सय ९५ परिवार इरानबाट फर्किएका छन् । 

आयोजक देशहरूले कागजात नभएका आप्रवासीहरूलाई छोड्न आग्रह गरेपछि विगत केही महिनामा अफगान शरणार्थीहरूको फिर्तीले गति लिएको छ । गत वर्ष १३ लाखभन्दा बढी अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका थिए । जुन महिनामा मात्र लगभग ६ लाख अफगानी शरणार्थीहरू इरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।सिन्ह्वा