भारी वर्षा हुने अनुमानसँगै आवश्यक सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

335 Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने जनाएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले भनेका छन्– 'मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।' 

oli kp.jpg

उनले  सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् । 

विभागले कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यससँगै प्रधानमन्त्रीकाे याे सन्देश आएकाे हाे ।