काभ्रेमै कानुन संकायको पढाइ हुने एक मात्र कलेज ‘एबीएम’ (भिडियोसहित)

977 Shares

काभ्रे । आदर्श विद्या मन्दिर (एबीएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । जिल्लामै कानुन संकायको पढाइ हुने एकमात्र कलेज एबीएमले अहिले यसमा सातौं वर्षका लागि विद्यार्थी भर्ना लिइरहेको छ। 

बनेपा नगरपालिका वडा नम्बर ११ मा अवस्थित यो विद्यालयले जिल्लामा निजीतर्फका धेरै विद्यालयको तुलनामा आफूलाई अब्बल र सक्षम बनाउँदै लगेको छ । विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो । त्यसयता एसएलसी र एसइइमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत ८ वर्षयता यहाँ कक्षा ११ र १२ मा पढाई शुरु भएको संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

ABM.jpg

आफ्ना नानीबाबुहरुलाई असल नागरिक बनाउने एउटा भरपर्दो गन्तव्य हुन सक्ने यस विद्यालयमा आएर भर्ना गराउन उहाँले सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ । गत वर्षको एसइइमा यहाँबाट ३१ जना विद्यार्थी सहभागी भएकोमा सबैलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराउन विद्यालय सफल भएको छ । यहाँ कक्षा १२ को नतिजा पनि उत्कृष्ट नै रहेको पाइएको छ। एबीएम बनेपाको मात्र नभएर काभ्रे जिल्लाकै एक भरपर्दो शैक्षिक गन्तव्य भएकोमा कुनै शंका छैन।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला