अमेरिकाको टेक्सासमा बाढीले मृत्यु हुनेकाे संख्या एक सयभन्दा बढी

265 Shares

टेक्सास । अमेरिकाको टेक्सासमा बाढीका कारण मर्नेको सङ्ख्या १०० नाघेको छ। केयर काउन्टीमा मात्र ८४ जनाको ज्यान गएको पुष्टि भएको छ। चार दिनसम्म पनि हराउनेको खोजी कार्य भइरहेको छ। अझ थुप्रै हराइरहेका छन्। किस्टिक क्याम्पमा २७ छात्रा मरेको पुष्टि भइसकेको छ। त्यहाँ पनि अझ धेरै जना हराइरहेका छन्।

त्यस क्षेत्रमा अझै गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। चार दिन अगाडि धेरै पानी परेको थियो। समयमै ठुलो पानी पर्ने चेतावनी दिइए पनि बिहानको समयमा निदाइ रहेका धेरै जना ब्युँझन पाएनन्। क्याम्पमा बिदा मनाउन गएका धेरै विद्यार्थीले ज्यान गुमाए।

सबैभन्दा धेरै मानिसको ज्यान गएको केयरमा अझै १० बालबालिका तथा एक जना काउन्सिलर हराइरहेका छन्। केन्डलमा ६ जनाको ज्यान गएको छ। अहिले पनि टेक्सासमा पानी परिरहेको छ। सबैलाई सावधान रहनका लागि भनिएको छ।एजेन्सी