
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाउनु भयो । आफूले अहिले पनि २० बिगाह जग्गामा उखु खेती गरिरहेको बताउनु भयो । सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको बताउँदै उहाँले मन्त्रीहरुलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने बताउनु भयो ।
सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । गर्न सकिँदैन भन्ने नभइ हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया