विद्यार्थीलाई गगन थापाको सुझावः ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

55 Shares

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिनुभयो । 

देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गर्नुभयो । राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गर्नुभयो । विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिनुभयो । 

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताउनु भयो ।