काभ्रेकाे शिक्षा क्षेत्रमा अर्को उदाहरणीय नाम 'सेन्टलम एल्बम एकेडेमी' (भिडियाेसहित)

537 Shares
  • ज्ञानमणि नेपाल कालाेटाेपी

श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका–५ श्रीखण्डपुर आफैंमा एउटा रमणीय स्थल हो । यहि ठाउँमा अवस्थित सेन्टलम एल्बम एकेडेमी स्थापना भएको आज २० वर्ष भयो । 

०६२ सालमा स्थापित यस स्कूलले गत वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको छ । ०८१ सालको एसईई परीक्षामा यहाँबाट २३ जना विद्यार्थी सहभागी थिए । जसमा २३ जना नै उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् । उपयुक्त वातावरणले गर्दा यहाँ पछिल्ला दिनहरुमा विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको छ । बढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँ नयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ५ सय ५० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । 

सेन्टलम एल्बम एकेडेमी, (1).jpg

514275528_24148377728092040_7291195967958817371_n.jpg

विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै आफूहरुको ध्यान जाने गरेको भन्दै ज्ञवालीले अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो । उहाँले दिनुभएको जानकारी अनुसार पनौती वडा नम्बर ५ भित्रका विद्यालयमध्ये एसईई परीक्षामा पहिलो र तेस्रो दुईवटै स्थानमा सेन्टलम एल्बम एकेडेमीका विद्यार्थीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् । 

514174602_2485260958512654_2759637183231699278_n.jpg

कक्षा ११ को नयाँ भर्ना शुरु भइसकेको र यो विद्यालयकै तेस्रो व्याच रहेको बताउँदै प्रधानाध्यापक ज्ञवालीले एकपटक सेन्टलम एल्बम एकेडेमीमा भिजिटका लागि विद्यार्थी र अभिभावकलाई अनुरोध गर्नुभएको छ । निजी क्षेत्रका थुप्रै विद्यालयहरुको भीडमा छुट्टै विशेषता बोकेको यो विद्यालय एउटा भरपर्दो शैक्षिक गन्तव्य रहेकोमा कुनै शंका छैन । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला