
पनौती । काभ्रेको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट अरुभन्दा बेग्लै पहिचान बोकेको विद्यालय हो।
पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालन भएको हुँदा पनि यो विद्यालय जिल्लामा मात्र नभई देशकै नमुना भएको छ । यस इन्स्टिच्यूटबाट ०८१ सालको एसईईमा सहभागी २६ जनामध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यहाँका २१ जनाको नतिजा ए प्लस आएको छ । यस वर्ष एसईईको नतिजामा जिल्लामै छात्रतर्फ पहिलो हुन सफल यो विद्यालय विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सधैं प्रतिबद्ध रहेको प्रिन्सिपल रेश्मा थापा बताउनुहुन्छ ।
विगत ८ वर्षदेखि म्यानेजमेन्टतर्फ कम्प्यूटर साइन्स र होटल म्यानेजमेन्टका पढाइ भइरहेको यो विद्यालय पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको छ । ३७ वर्षअघि निकै कठिन समयमा विद्यालयको स्थापना भएको थियो । यसका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको सपना अहिले पूरा भएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले नै विद्यालय सफल हुने र कुनै एक पक्ष कमजोर भयो भने विद्यालयले देखेको सुन्दर पक्ष साकार हुन नसक्ने प्रिन्सिपल थापाको भनाइ छ ।
कक्षा नर्सरीदेखि १२ सम्म गरि विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । आगामी दिनहरुमा पनि कसरी राम्रो नतिजा ल्याउने भन्नेमा विद्यालय सचेत रहेको छ । कम्प्यूटर साइन्स र होटल म्यानेजमेन्ट पढ्ने मन भएका र उपयुक्त गन्तव्य खोजी गरिरहेका विद्यार्थीका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एउटा भरपर्दो माध्यम हुनेमा कुनै शंका छैन ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
फेसबुकबाट तपाईको प्रतिक्रिया