फ्रान्समा अत्याधिक गर्मीः अधिकतम तापक्रम ४० डिग्री हुने पूर्वानुमान

65 Shares

काठमाडौँ । मौसम–फ्रान्सले देशको तीन–चौथाई भागमा तापक्रम पहिले नै ३५ डिग्री सेल्सियसभन्दा बढी र स्थानीयरूपमा ४० डिग्री नजिक पुगेको अवस्थामा ८४ विभागहरूलाई गर्मीको लहरको लागि ओरेन्ज सतर्कतामा राखेको छ । 

जुन १९ बाट शुरु भएको गर्मीको लहरमा अधिकतम तापक्रम ३६ डिग्री र ४० डिग्रीको बीचमा हुने पूर्वानुमान गरिएको छ । केही ठाउँमा ४१ डिग्री पुग्ने अनुमान गरिएको छ । मंगलबार १६ स्थानमा रेड अलर्ट जारी गरिएको थियो । 

मेटेओ–फ्रान्सका अनुसार सुन्तला शतर्कता कम्तिमा तीन दिन र तीन रातसम्म चल्नेछ ।सिन्ह्वा