निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः देउवा

430 Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई एकल महुमत ल्याउन गाह्रो हुने धारणा राख्नुभएको छ।  

नेपाली काँग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राख्नुभएको हो । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराईदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरुरी रहेकोसमेत बताउनु भयो । 

काँग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै उहाँले पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अरु सोच नरहेको समेत बताउनु भयो । संविधानको रक्षा गर्दै एकल बहुमत ल्याउनसक्ने गरी सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ।