भिजिट भिसा प्रकरणः छानबिनका लागि उच्चस्तरीय समिति गठन

385 Shares

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। 

समितिलाई भिजिट भिसा वितरणमा देखिएका अनियमितता, प्रक्रिया र सम्भावित शक्ति दुरुपयोगका विषयमा ३० दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ। 

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको हो।

उच्चस्तरीय समिति गठनसँगै सो प्रकरणमा निष्पक्ष छानबिन हुने अपेक्षा गरिएको छ।