पनाैती । एम्नेष्टी समूह ७२ पनाैतीले पनाैती नगरपालिका "विद्यालयस्तरिय मानव तथा बाल अधिकार शिक्षासम्बन्धी कार्यक्रम" सुरु गरेकाे छ।
एम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण, प्रवर्द्धन र समावेशी सामाजिक जनचेतना अभिबृद्धिमा सक्रियरुपमा कार्यरत एक अन्तर्राष्ट्रिय संस्था भएकााले एम्नेष्टी समूह-७२ पनाैतीले मानवअधिकारसम्बन्धी कार्यक्रम २०८२ जेष्ठ ३० गतेबाट पुण्य माविबाट सुरुवात गरि सबै विद्यालयहरुमा गर्ने लक्ष्य लिएकाे छ। पुण्य माविका शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकाे थियाे ।

शिक्षक विद्यार्थीहरु गरि कक्षा ८ देखि १० सम्ममा १०० जनाभन्दा माथि उपस्थित भइ सहभागी जनाएका थिए । उक्त प्रशिक्षणमा समूह ७२ का संयाेजक अधिवक्ता जमुना पसछे र अधिवक्ता तारा श्रेष्ठले विद्यमान परिस्थितीमा मानव अधिकारकाे र बाल अधिकारसम्बन्धी प्रशिक्षण गराउनु भएकाे थियाे।
समूह ७२ बाट सचिव हरिचन्द्र श्रेष्ठ, काेषाध्यक्ष रामकुमार बस्नेत, सह-सचिव सन्ताेष हुमागाई, अधिवक्ता तारा श्रेष्ठ, प्रताप ताम्राकारकाे उपस्थिती थियाे भने विद्यालयकाे तर्फबाट शिक्षक शिक्षिकाहरुकाे उपस्थितीमा शिक्षक बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन दिनुभएकाे थियाे भने विद्यार्थीहरुकाे राेचक सहभागीता देखिएकाे थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया