शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेनः प्रधानमन्त्री

323 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विद्यार्थीलाई आग्रह गर्नुभएको छ। 

मंगलवार राजर्षी जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनु भयो । 

उहाँले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउँमा आइपुगेको बताउनु भयो । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ । वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ।