दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः कृषिमन्त्री

421 Shares

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गर्नुभएको छ। 

मंगलबार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो दाबी गर्नुभएको हो । विगतका वर्षहरुभन्दा आगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ । 

बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेकोसमेत बताउँदै उहाँले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकि गर्नुभयो । उहाँले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सारिनेसमेत बताउनु भयो । 

बजेटको सफल कार्यान्वयनको लागि सबैले एकजुट भएर अघि बढ्न जरुरी रहेकोसमेत बताउनु भयो ।