एसियन कप छनोट  फुटबल : नेपाल र लाओसबीच आज प्रतिस्पर्धा हुँदै

352 Shares

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हारको सामना गरेका थिए । अंक जोड्नका लागि पनि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

लाओस जानुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा गोलरहित बराबरी भएको थियो।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको खेल तेस्रो तथा अन्तिम चरणको छनोट हो। जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ।