काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपाल दुई रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२१ रन बनाउन सक्यो ।
नेपालका लागि भीम सार्की, सोम्पाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले तीन तथा माइकल लीस्कले दुई विकेट लिए लिए ।
यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।
चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया