घुमौँ बन्दीपुरः ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी

359 Shares

तनहुँ । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ। 

पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयअनुसार भ्रमण वर्ष मनाइरहेको छ। 

1748058633-YIoXz.jpg

बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्य विश्वमाझ पुर्याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भूमिका खेल्नेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेण्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उद्देश्य छ ।