काभ्रे सेवा समाजको आयोजनामा पनौती–नमोबुद्ध शान्ति पदयात्रा, प्रथम राष्ट्रपतिद्वारा उद्घाटन (फाेटाेफिचर)

628 Shares
  • ज्ञानमणि नेपाल कालाेटाेपी

पनौती । काभ्रे सेवा समाजको आयोजनामा साेमबार बुद्ध जयन्तीको अवसर पारेर पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राकाे आयोजना गरिएको छ ।

शान्ति पदयात्राको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्नुभयाे । पनौतीकाे मानेश्वरी मन्दिरदेखि पनौती बजार पुगेर यादवले शान्ति पदयात्राको उद्घाटन गर्नुभएकाे थियाे ।

पदयात्रा (5).jpg

पदयात्रा (6).jpgपदयात्रा (7).jpg

शान्ति पदयात्राको शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा.रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी रहेको बताउनुभयाे । बुद्धका सन्देशहरुलाई कार्यान्वन गर्न सबै पक्ष र क्षेत्र लाग्न डा.यादवकाे सुझाव थियाे । पनौतीको मानेश्वरीबाट पूर्वराष्ट्रपति यादवले रिवन काटेर सुरु गर्नुभएको शान्ति पदयात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी जंगल हुँदै नमोबुद्धमा पुगेर  टुङ्ग्याइएकाे थियाे । 

पदयात्रा (9).jpgपदयात्रा (8).jpgपदयात्रा (10).jpg

काभ्रेको लागि केही गरौं भन्ने नारा लिएकाे काभ्रे सेवा समाजले पनाैती र नमाेबुद्धकाे पर्यटन प्रवर्द्धनका लागि पदयात्रा गरिएकाे समाजका अध्यक्ष पुरुषाेत्तम नेपालले जानकारी दिनुभयाे । २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतम बुद्धले पाइला टेकेको नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरेको हो । समाजले २०८० असोजमा पनि पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।

पदयात्रा (1).jpgपदयात्रा (16).jpg

विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउँदै आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्राकाे आयोजना गरिएको समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीकाे भनाइ थियाे । 

बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने र आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण योगदान गर्ने समाजकाे अपेक्षा छ । 

पदयात्रा (14).jpgपदयात्रा (12).jpgपदयात्रा (15).jpg

पनौतीदेखि नमोबुद्धसम्मको ९.५ किलोमिटर दुरीकाे पदयात्रामा साेमबार विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागि थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमकाे आयाेजना गरिने समाजले जनाएकाे छ ।