काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गर्नुभएको छ ।
सोमबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गर्नुभयो ।
वैचारिकरुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताउँदै सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि लाग्न आग्रह गर्नुभयो । उहाँले राजसंस्था पुनर्स्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताउनु भयो ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया