काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताउनुभएको छ ।
विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
सांसद कोइरालाले आइतबार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताउनु भयो । एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गर्नुभयो ।
उहाँले अब पार्टीको लागि मात्रै नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया